देश

प्रतिनिधि सभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश

काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्न अनुमति माग्दै राखिएको प्रस्तावमाथि कुनै सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका तथा जिम्मेवारी थप स्पष्ट पार्न आवश्यक रहेको बताए ।

उनले तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ तथा स्वस्थ वातावरण निर्माण गर्न विधेयक आवश्यक रहेको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *