काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् ।
चीनको ग्वाञ्जाओमा आयोजना हुने चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा चीन गएका हुन् ।
प्रधान न्यायाधीश शर्मासँग सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल पनि चीन भ्रमणमा सहभागी छन् ।
कार्यक्रममा न्याय तथा कानुनका क्षेत्रमा भएका अभ्यास, अनुभव तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रधान न्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत सुधार, न्यायिक सुशासन तथा सूचना प्रविधिको प्रयोगलाई आफ्नो कार्यकालका प्राथमिकताका रूपमा अघि सारेका छन् ।




