देश

टोयोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड सहयोग

काठमाडौँ । विपद्पछिको राहत, उद्धार तथा पुनरुत्थानका लागि टोयोटा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड रुपैयाँ  सहयोग गरेको छ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले टोयोटा ग्रुप इन एसियासँगको सहकार्यमा उक्त रकम राहत कोषमा योगदान गरेको हो।

विपद्को कठिन घडीमा राहत तथा उद्धार कार्यमा खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय संघ–संस्था, स्वयंसेवक तथा स्थानीय समुदायप्रति यूटीएसले सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।

‘Standing Together. For Our Nepal’ (हामी सँगै छौँ, हाम्रो नेपालका लागि) भन्ने नाराका साथ टोयोटाले विपद्बाट प्रभावित समुदायको पुनरुत्थानमा सहयोग गर्दै सुरक्षित, सबल र समृद्ध भविष्य निर्माणका लागि नेपालसँग निरन्तर साथमा रहने प्रतिबद्धता जनाएको छ।

टोयोटाको उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भइरहेका प्रयासमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *