काठमाडौँ । जापानको नागोयास्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच एसियाली खेलकुदको २०औँ संस्करण उद्घाटन भएको छ।
जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाली टोलीका ‘सेभ द मिसन’ विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टोलीले मार्चपास्टमा सहभागिता जनाएको थियो।
मार्चपास्टमा नेपाली टोलीको राष्ट्रिय झण्डा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमती बिष्टले बोकेका थिए।
२०औँ एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १ सय ३५ खेलाडी सहभागी हुँदैछन्।




