विश्व

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रातारात पुर्‍याइयो अस्पताल, बत्ती निभाएर डाक्टर र कर्मचारीको मोबाइल जफत

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि गएराति रावलपिंडीको अडियाला जेलबाट इस्लामावादस्थित शिफा इन्टरनेसनल अस्पताल पुर्‍याइएको छ ।

खानलाई अस्पताल पुर्‍याएलगत्तै अस्पताल भवनको सबै बत्तीहरू निभाइएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै, अस्पतालका डाक्टर तथा कर्मचारीहरूको मोबाइल फोन समेत जफत गरिएको र गेटबाहिर रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हटाइएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि इमरानलाई उपचारका लागि अस्पताल ल्याइएको हो ।

मंगलबार अदालतले खानलाई दुई दिनभित्र अस्पताल लैजान आदेश दिएको थियो । उनलाई १६ सेप्टेम्बरसम्म त्यहाँ राख्न आदेश दिइएको छ ।

खानका परिवार र वकिलहरूले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनलाई उपचारका लागि निजी अस्पतालमा सार्न र त्यहाँ आफूले रोजेका चिकित्सकहरूबाट उपचार गराउन माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *