काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि अध्यादेशमार्फत सेवा आयोगका तत्कालीन अध्यक्षलाई पदमुक्त गरिएपछि उक्त पद रिक्त रहेको थियो।
त्यसैगरी, सरकारले त्रिवि सेवा आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ।




