राजनीति

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक धोबिघाटमा जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको धोबिघाटमा केहीबेरदेखि जारी छ।

पार्टीभित्र विशेष महाधिवेशनको विषयमा मतभेद कायम रहँदा सहमति जुट्न नसकिएको अवस्था छ।

यसअघि बसेको केन्द्रीय समिति बैठकमा महाधिवेशनसम्बन्धी बहस भएको थियो। एक पक्षले तत्काल विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग गरिरहेको छ भने अर्को पक्ष नियमित महाधिवेशनको पक्षमा उभिएको छ।

यस्तै, यही विषयमा थप छलफल गर्न केन्द्रीय कार्यसमिति सदस्यहरू आज पुनः बसेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *