देश

नेपालमा अधिनायकवाद सुरु भएको संकेत देखिँदैछ:अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद सुरु भएको दाबी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरूले चुनावको मिति सार्दै जाने परिपाटी देखिएको उल्लेख गर्दै नेपालमा पनि सोही प्रवृत्ति दोहोर्याउन खोजिएको बताए ।

उनले भने, “जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ सुरुमा चुनावको मिति घोषणा गरिन्छ तर पछि पटक–पटक सारिँदै जान्छ । म्यानमारमा ६ वर्षदेखि चुनावको मिति सारिँदै आएको छ, बंगलादेशमा पनि त्यही अवस्था छ । अब नेपालमा पनि त्यही सिलसिला दोहोर्याउने संकेत देखिँदैछ ।”

ओलीले मुलुकलाई पुनः द्वन्द्व, तनाव र पारस्परिक द्वेषतर्फ लैजान खोजिएको आरोप लगाउँदै यस्तो परिस्थिति राष्ट्रका लागि घातक हुने चेतावनी दिए ।

उनका अनुसार “जेनजी पुस्ता” को नाममा पनि समाजमा विभाजन र वैमनस्यता फैलाउने प्रयास भइरहेको छ, जसले देशको स्थायित्वमा नकारात्मक असर पार्न सक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *