राजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, भोलि पुनः बस्ने

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको छ ।

बैठकको प्रारम्भमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आफ्ना विचार प्रस्तुत गरेका थिए ।

धारणा राख्ने क्रम जारी रहेको बैठक पुनः भोलि असोज ३१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमै बस्नेछ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *