देश

राष्ट्रिय एकता सहितको समृद्ध राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष दाहाल

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता कायम गर्दै समृद्ध र उन्नत नेपाल निर्माणमा सबैलाई जुट्न आह्वान गरेका छन्।

विजया दशमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले जेनजी आन्दोलनपछि तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी संविधानको रक्षा गर्न आवश्यक भएको उल्लेख गरे।

अध्यक्ष दाहालले फजुल खर्च र कुप्रथाबाट मुक्त भई परिवारिक जमघट, खुशीको आदानप्रदान र सामाजिक सम्बन्ध विस्तारका माध्यमबाट दशैं मनाउन आग्रह गरे। उनले दशैंले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार मौलिक पर्वभित्र रहेका सकारात्मक मूल्यहरूको संरक्षण गर्नुका साथै अन्धविश्वास र भड्किलो जीवनशैलीलाई समयानुकूल परिवर्तन गर्न जरुरी छ।

अध्यक्ष दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्ने जिम्मेवारी सबैमा रहेको उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *