देश

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि नयाँ नाम राष्ट्रपति कार्यालयमा पठाइन्

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस गरेकी छन्।

त्यस्तै, डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्न सिफारिस गरिएको छ। पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दुबैको जिम्मेवारी दिइनेछ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिन्हाको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।

न्याय क्षेत्रमा लामो अनुभव बटुलेका सिन्हालाई कार्यपालिका तहमा ल्याउनु प्रधानमन्त्री कार्कीको रणनीतिक निर्णयका रूपमा हेरिएको छ। विशेषगरी भूमि तथा उद्योग मन्त्रालय दुवै नीति निर्माण, सेवा प्रवाह र संरचनागत सुधारका दृष्टिले संवेदनशील मानिने मन्त्रालय हुन्।

महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *