देश

जेनजी आन्दोलनका मृतकप्रति काँग्रेस काठमाडौँ महानगर समितिद्वारा दीप प्रज्वलन

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरूको शोकमा दीप प्रज्वलन गरेको छ ।

शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भई काठमाडौँ महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु सहभागी थिए ।

गत भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ । सयौँ मानिसहरू उपचाररत छन् । आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो । सरकारले जेन जी आन्दोलनका क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गरिसकेको छ । मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ ।

जेन जीको आन्दोलन प्रतिनिधि सभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने म्याण्डेट छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *