देश

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा समिति सभापतिसँग छलफल, कामलाई निरन्तरता दिन निर्देशन

काठमाडौँ ।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बदलिएको राजनीतिक परिस्थितिकाबीच राष्ट्रिय सभाका विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको छलफलमा अध्यक्ष दाहालले समितिका बैठक तथा कामकारबाहीलाई नियमित र सक्रिय राख्न निर्देशन दिएका छन्।

छलफलमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, चारवटै विषयगत समितिका सभापतिहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम ग्याल्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र अन्य समिति सचिवहरूको सहभागिता रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *