देश

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली। कर्णाली प्रदेशका प्रमुख दलका नेताहरूले जेनजी आन्दोलनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले यस्ता घटनाले कानून र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।

नेताद्वयले आम नागरिक, विशेषगरी युवापुस्ताबीच बढ्दै गएको निराशालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन् । विज्ञप्तिमा विगतमा देखिएका कमजोरी सच्याउँदै आत्मसमीक्षा गर्ने र प्रत्येक तहबाट सुधारका पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *