राजनीति

शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर मन्त्रीहरूको शपथ हुँदै

काठमाडौँ । शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ ।भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन लागेको हो ।

यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतल निवास भित्रको एउटा कोठामा गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले हिजो साँझ तीन जना मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको बताइएको छ ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *