काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले महासचिव शंकर पोखरेलको संसद विघटन विडम्बनापूर्ण भएको टिप्पणीको जवाफ दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा संसद कुनै शासक र सैनिकले विघटन नगरेको उल्लेख गर्दै गणतन्त्रको मानक राष्ट्रपतिको रोहबरमा भएको जवाफ दिएकी हुन् ।
साथै उनले समाजबाट, नागरिकहरुबाट र आफ्नै कमरेडबाट एमाले बेखबर हुनु बिडम्बनापुर्ण भएको उल्लेख गर्दै एमाले आज जसरी चलेको छ, खासगरी बिगत ११ बर्षमा जे- जे अभ्यास भए यो सबै परिवर्तन गर्नुपर्ने बताएकी छन् ।
उनले भनेकी छन्-
समाजबाट , नागरिकहरुबाट र आफ्नै कमरेडबाट एमाले बेखबर हुनु बिडम्बनापुर्ण हो । यो संसद कोही शासकले , कोही सैनिकले बिघठन गरेको होईन । हाम्रो गणतन्त्रको मानक सम्माननिय राष्ट्रपतिको रोहबरमा भएको हो । निश्चय पनि अस्ति २३ र २४ गतेको अकल्पनिय दुर्घटना , हत्या र ध्वम्स बिडम्बनापुर्ण थिए । स – साना नानी बाबुहरुको रगत खेर जानु हुन्न । निस्चित समाअबधीमा चुनाब होस् , १ सेकेण्ड पनि समय खेर नजावोस् । एमाले आज जसरी चलेको छ, खासगरी बिगत ११ बर्षमा जे- जे अभ्यास भए यो सबै परिवर्तन गर्नु पर्छ ।




