राजनीति

एमालेले फेर्‍यो हँसिया हथौडाको रंग

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

यस महाधिवेशनमा पार्टीको प्रतीकात्मक लोगोमा पनि परिवर्तन गरिएको छ। अबसम्म सेतो रंगमा रहेको हँसिया–हथौडा रातो पृष्ठभूमिमा सुनौलो रंगमा प्रयोग हुने भएको छ।
त्यसैगरी निर्वाचन आयोगको प्रमुखमा डा। विजय सुब्बालाई पुनः चयन गरिएको छ भने उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामा सर्वसम्मत निर्वाचित भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *