देश

रास्वपा नेता बदन भण्डारीमाथि काठमाडौंमा आक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि काठमाडौंमा आक्रमण भएको छ।

भण्डारीमाथि बिहीबार साँझ करिब ८ बजे आक्रमण भएको हो। कपनस्थित पार्टी कार्यालयबाट प्रगतिनगरस्थित आफ्नो घरतर्फ जाँदै गर्दा उनी आक्रमणमा परेका हुन्।

आक्रमणकारीले लोहो (रड) प्रहार गर्दा भण्डारीको टाउको र खुट्टामा चोट लागेको छ। घाइते भण्डारीको हाल चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन्। आक्रमणको कारण र आक्रमणकारीको पहिचान खुल्न बाँकी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *