काठमाडौँ। जनमत पार्टीले राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम भदौ अन्त्यदेखि सञ्चालन गर्ने भएको छ ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवका अनुसार बैठक भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुनेछ । कार्यक्रम बाँकेबाट सुरु हुने र क्रमशः बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना गरिनेछ ।
बैठकमा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत, परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका तथा वडा अध्यक्ष र सचिवहरू सहभागी हुने प्रवक्ता यादवले बताए ।
उनले आज जारी गरेको सूचनामा सहभागी सबैलाई अनिवार्य रूपमा तीन पटक बैठक बसेको विवरणसहितको प्रतिलिपि लिएर उपस्थित हुन अनुरोध गरेका छन् ।




