देश

कांग्रेस लुम्बिनी सदस्य विक्रमसिंह थापा गोप्य रूपमा एक महिनाअघि पदमुक्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विक्रमसिंह थापा साउन ११ गते नै पदमुक्त भएका रहेछन्। तर, यो निर्णय पार्टी नेतृत्वले लामो समयसम्म गोप्य राखेको अहिले मात्र सार्वजनिक भएको छ। पार्टी पद्धतिविपरीत गतिविधि र नेतृत्वलाई असहयोग गरेको कारण देखाएर उनलाई पदमुक्त गरिएको लुम्बिनी कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

पूर्व एसएसपीसमेत रहेका थापा पछिल्लो आठ वर्षदेखि कांग्रेसको सक्रिय राजनीतिमा संलग्न छन्। सुरुमा शेखर समूहमा रहेपनि अहिले उनी देउवा समूहतर्फ उभिएका छन्। प्रदेश कार्यसमितिले सार्वजनिक गरेको पत्रमा नेपाली कांग्रेस विधान २०७१ (संशोधित) को परिच्छेद ७, धारा १३९१०० को उपधारा (१००) बमोजिम थापालाई पदमुक्त गरिएको उल्लेख छ।

थापा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ निवासी हुन्। हाल उनी जिल्ला सभापति अब्दुल कलाम र प्रदेश सभापति अमरसिंह पुनसँग असन्तुष्ट रहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *