राजनीति

नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताए । उनले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताए । पुस्तान्तरण मात्रै भन्दा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको पनि बताए । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उनको भनाइ छ । विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने ‘बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्ति केन्द्रित बढी भइरहेको छ । पुस्तान्तरण हुनु त पर्छ तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भन्दा राजावादीहरूले समाती हाले नातिलाई त लगेर घुमाए नि जुम्लामा गएर । त्यो पुस्तान्तरण गरे उनीहरूले । तपार्ईंहरुको तर्क त्यही कारण हुँदैन । कुरा मात्रै गरेर हुँदैन । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । नेपाल जस्तो देशमा धेरै विविधतायुक्त, आर्थिक, सामाजिक रूपमा पछाडि परेको । भूराजनीतिक रूपबाट चेपुवामा परेको । अहिले देखिहाल्नुभयो, लिपुलेक प्रकरण । सम्पूर्ण देशलाई एकताबद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभूति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ ।’

अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *