काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई ढिलाइ नगरी प्रतिनिधिसभासम्म पुर्याउनुपर्ने धारणा राखेकी छन्।
सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै उनले सकभर सहमतिमार्फत विधेयक अघि बढाउनुपर्ने बताइन्। सहमति सम्भव नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभामा पेस गर्नुपर्ने उनको तर्क छ।
श्रेष्ठले भनिन्, “आज जसरी भए पनि विधेयक प्रतिनिधिसभासम्म जानै पर्छ, सके सहमतिमा जाऊँ, नभए फरक मतसहित अघि बढौँ।”
हाल विधेयकमा निजी विद्यालयले छात्रवृत्तिसँगै आवास र पोसाक पनि उपलब्ध गराउनुपर्ने प्रावधान विवादित बनेको छ। यही विषयले सहमति जुटाउन कठिनाइ भएको बताइएको छ।




