देश

काठमाडौँ आइपुगे रवि लामिछाने, नख्खु कारागार लगिदै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौँ ल्याइएको छ ।

केहीबेर अघि भैरहवाबाट विमानमा काठमाडौँ आइपुगेका लामिछानेलाई अहिले ललितपुरस्थित नख्खु कारागारमा ल्याउन लागिदै छ ।लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *