काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग बिभिन्न वामपन्थी पार्टीका नेताहरुबीच छलफल भइरहेको छ ।
छलफलमा खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी भएका छन् भने अन्य वाम पार्टीको तर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रामबहादुर बुढा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सन्तबहादुर नेपाली लगायतका वामपन्थी नेताहरू सहभागी रहेका छन् ।
छलफल वामपन्थी पार्टीहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा भइरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।




