देश

युवाशक्तिको सदुपयोग गर्नुपर्नेमा परराष्ट्रमन्त्री राणाको जोड

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले समृद्ध नेपालको आधार युवाशक्ति भएको बताएकी छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युथ फाउण्डेशनद्वारा ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुकको ठूलो जनसंख्या ओगट्ने युवाहरूको सिर्जनशीलता, ऊर्जा र क्षमतालाई पहिचान गरी सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता औंल्याइन्।

उनका अनुसार विपन्न तथा अवसरविहीन बालबालिका र युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र व्यावसायिक सीप विकासका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको नेपाल युथ फाउण्डेशनको पहल प्रशंसनीय छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले देश–विदेशका सबै युवाहरूप्रति शुभकामना व्यक्त गर्दै मुलुकको समुन्नत भविष्य निर्माणमा युवाहरूको सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *