राजनीति

माओवादी केन्द्रको वेबसाइटमा उपाध्यक्ष नन्दकिशोरकाे नाम थपियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आधिकारिक वेबसाइटमा वरीयता नम्बर ६ का उपाध्यक्ष नन्दकिशोर पुन र सचिव गंगा नारायण श्रेष्ठको नाम भर्खरै मात्र थपिएको छ। केही समय अगाडि नै उनीहरूको जिम्मेवारी टुंगो लागे पनि वेबसाइटमा नाम समावेश थिएन।

यसअघि वेबसाइटमा स्थायी समितिका ४३ जनाको मात्रै नाम प्रकाशित थियो। तर शुक्रबार दिउँसो २ बजेपछि पुन र श्रेष्ठसँगै नयाँ स्थायी समिति सदस्य डा. विकासप्रकाश सैजुको नाम पनि थपिएपछि स्थायी समिति सदस्य संख्या ४६ पुगेको छ।

गत चैत २४ गतेको सचिवालय बैठकले नन्दकिशोर पुनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो भने गंगा नारायण श्रेष्ठलाई सचिव बनाउने निर्णय जेठ १२ गते भएको थियो। पुन उपाध्यक्षमध्ये वरीयतामा अन्तिम स्थानमा रहेका छन्, जहाँ कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, र पम्फा भुसालभन्दा पछि छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *