देश

अर्थतन्त्र उकास्न काँग्रेस–एमाले एक भएका हुन् : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको एक प्रमुख उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको बताएका छन्।

मंगलवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड–१९ महामारी, र रुस–युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको स्मरण गराए। तथापि, उनले २०४८ पछि काँग्रेसले बनाएको बलियो आर्थिक जगका कारण मुलुकले आर्थिक स्थायित्व कायम राख्न सकिरहेको दाबी गरे।

“बाह्य सूचकहरू हेर्दा चालु खाता, शोधनान्तर, बचतलगायत सकारात्मक छन्,” देउवाले भने, “विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेको छ र रेमिटेन्स प्रवाह उच्च दरमा वृद्धि भएको छ।”

उनले चालु आर्थिक वर्षको तुलनामा आयात १३.१ प्रतिशत र निर्यात ७७ प्रतिशतले वृद्धि भएको तथ्य प्रस्तुत गर्दै आर्थिक सूचकहरूमा सुधार भइरहेको उल्लेख गरे।

देउवाले आर्थिक सुधारको प्रयासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै, सहमतिबाट अघि बढे मुलुकको आर्थिक स्थायित्व अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *