देश

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आलीसँग भेटवार्ताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को पार्टी कार्यालय च्यासल पुगेकी छिन् ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको पुनरागमलाई लिएर विवाद देखिँदा ओली र भण्डारीबीच भेटवार्ता हुन लागेको हो ।

शनिबार सम्पन्न एमाले पोलिटब्यूरो बैठकमा भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा पेन्डिङमा नै रहेको र उनको सदस्यता नवीकरणको मुद्दा राजनीतिक मुद्दा भएकाले यसकाबारेमा केन्द्रीय कमिटीबाट निष्कर्ष निकाल्ने निर्णय भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *