देश

३२ लाख घुस प्रकरणः आरोपमा मुछिएका मन्त्री बलराम अधिकारी आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पोखराको १३५ रोपनी जग्गा मिलाउने क्रममा घुस लेनदेनको अडियो सार्वजनिक भएपछि विवादमा परेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आज दिउँसो ३ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै छन्।

नयाँ अडियो क्लिपमा मन्त्री अधिकारी, उनका छोरा मनोज अधिकारी, पूर्व सचिव अर्जुन पोखरेल र हालै राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम सुनिन्छ। अडियोमा मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ, भने गुप्ताले ३५ लाख र पोखरेलले ५ लाख लिएको भनिएको छ।

यो अडियो सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। यसअघि पनि मन्त्री अधिकारीको नाम अन्य अडियोमा आएको थियो, जसबारे उनले संसदमै आफ्नो संलग्नता नभएको दाबी गरेका थिए। तर, पछिल्लो अडियोले घटनालाई थप जटिल बनाएको छ।

आजको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो भनाइ स्पष्ट पार्ने जनाइएको छ। यो प्रकरणले सरकारको नैतिकताको सवाल उठाइरहेको छ, र थप अनुसन्धानको माग चर्किंदै गएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *