देश

बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक, भिजिट भिसा र बजेटबारे छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक विषयमा छलफल भइरहेको छ ।

बैठकमा भिजिट भिसा प्रकरण, आजको प्रतिनिधिसभाबाट पारित गरिने विनियोजन विधेयक २०८२, संसदीय प्रक्रियासम्बन्धी विषयहरू तथा संक्रमणकालीन न्यायको कामकारबाहीबारे विशेष छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहभागी छन् ।

सत्ता साझेदार दलहरूबीच समन्वय, साझा धारणा र आगामी रणनीतिका विषयमा निर्णय लिन बैठक महत्वपूर्ण मानिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *