देश

धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु

महेन्द्रनगर (धनुषा)। धनुषाको मिथिला नगरपालिका–१ ढल्केबरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लाग्दा ५० वर्षीया मङ्गलीदेवी महतोको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार, मङ्गलीदेवीले तरकारीबारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको विद्युतीय तार छोएकी थिइन्। उक्त तार केही किसानले जङ्गली जनावरबाट बाली जोगाउन प्रयोग गर्दै आएका थिए।

“जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली जोगाउन किसानहरूले खेत वरिपरि करेन्ट प्रवाहित तार तानेका थिए,” प्रहरी निरीक्षक यादवले बताए, “सोही तार छोएपछि महिलाको घटनास्थलमै मृत्यु भएको हो।”

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण सिंहले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *