काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगाडी सारेको पाँच बुँदे प्रस्तावकै आधारमा सत्ता पक्षसँग छलफल गर्ने भएको छ ।
बुधबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले रास्वपाले भिजिट भिसा बारे अगाडी सारेको पाँच बुँदे प्रस्तावकै आधारमा सत्ता पक्षसँग छलफल गर्ने निष्कर्ष निकालेको आजपा अध्यक्ष प्रभु शाहले जानकारी दिएका छन् ।
रास्वपाले सोमबार भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका प्रस्ताव अगाडी सारेको थियो ।
विपक्षी दलहरुको छलफलपछि अहिले सभामुख सहित सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल शुरु भएको छ ।




