देश

सरकारलाई सभापति देउवाको सुझाव : मनसुन सुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस्

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गरे ।

उनले अब नेपाललाई विकास निर्माण नभई दिगो विकास निर्माण चाहिएको उल्लेख गरे । स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको बताए ।

सभापति देउवाले भने ‘विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ । मनसुन सुरु हुन लाग्यो । यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गर्दछु । अब हामीलाई चाहिएको विकास निर्माण होइन, दिगो विकास हो । स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो ।’

सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरु कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरूमा गम्भीर असर पुर्याएको बताए । यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *