काठमाडौं । सुनकोशी गाउँपालिका वडा न. २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् । मन्त्री बस्नेतले सो भवनको उद्घाटन जेष्ठ ६ गते गरेका हुन् । नेकपा एमालेबाट निर्वाचित सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिम्लिसिना लगायतले सो भवनको उद्घाटन गर्न नदिन् विज्ञप्ती जारी गर्दै कार्यकर्ता परिचालन गरेता पनि सो को प्रतिवाद गर्दै नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका नेता तथा कार्यकर्ता र स्थानीयहरुको उल्लेखीय उपस्थितिमा सो भवनको उद्घाटन मन्त्री बस्नेतले गरेका हुन् ।
नेपाल –भारतमैत्री स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विकास निर्माणमा पु¥याएको योगदालालाई स्थानीय नेता तथा कार्यकर्ताहरुले खुलेर उनको प्रशंसा गरेका छन् । सो नवनिर्मित भवन उदघाटनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सो भवनको निर्माणसम्पन्न भइसकेकाले स्वास्थ्य चौकी संचालनमा ल्याउने उदेश्यका साथ उद्घाटन गर्ने विषयमा आफू आग्रसर बनेको बताए ।उनले आफू सधैं विकास निर्माणको पक्षमा रहेको र यस्ता योजनामा राजनीति नगरिनुपर्नेमा समेत जोड दिए।
उद्घाटन कार्यक्रममा बोल्दै शुनकोशी गाउँपालिका वडा.६ का पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता रामकुमार थापाले सो गाउँपालिकाको विकास निर्माणका लागि मन्त्री बस्नेतले ठूलो योगदान गरेको भन्दै प्रशंसा गरे । उनले मन्त्री बस्नेतको नेतृतवमा शुनकोशीमा ठोकर्पा आउने सडकको ४३ करोडको लागतमा बाटो ढलान भएको बताए । सिन्धुपाल्चोकका विकासप्रेमी नेता पूर्वमन्त्री बस्नेतलाई तल पार्न नेकपा एमालेले खैरो खनेको भन्दै उनले शुनकोशी गा/पाका अध्यक्ष तिम्लिसिनालाई गाउँपालिको भवन बनाएर देखाउन चुनौती दिए । निर्वाचित भएर आएको तीन वर्ष वित्दा समेत भवन निर्माणका लागि अध्यक्ष तिम्लिसिनाले कुनै पहल नगरेको नेता थापाले बताए ।
मन्त्री बस्नेतको नेतृत्वमा सो भवन निर्माण भएको भन्दै युवा नेता थापाले गाउँपालिका अध्यक्षको विज्ञप्तीप्रति आपत्ति जनाउदैँ गाउँपालिकाको विकास निर्माण गर्ने समयमा खासा व्यापारमा लागेको भन्दै अध्यक्ष तिम्लिसिनालाई आफ्नो स्वार्थ पुरा गर्नुभन्दा विकास निमार्णका कार्यक्रमा केन्द्रित हुन ध्यानाकर्षण समेत गराए । थापाले भने,‘तपाई २०७२मा संविधान बन्दै गर्दा खास्सामा ब्यापर गर्दै हुनुहुन्थ्यो । २०७४ मा हामिले निर्वाचन जितेका थियौँ । सो कोरोनाको समयमा तपाईले आफ्नो गाडीमा माडेको सामान लिएर गाउँगाउँमा बेच्नै हिड्नुहुन्थ्यो । सो समयमा तपाईलाई गाउँबाट समेत नेता तथा कार्यकर्ताले लखेटेका थिए । कारण थियो विकासमा विरोध । सोही कारण स्थानीय जनताले गाउँबाट लखेटेको थापाको दाबी थियो ।’ उनले टेरामक्स प्रकरणमा मुख्यभूमिकामा रहेका एमाले नेता पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई जोगाएर एमालेको सेटिङमा अख्तियारले पूर्वमन्त्री बस्नेतमाथि मुद्धा चलाएको भन्दै आपत्ति समेत जनाए । विभिन्न भ्रष्ट्राचार काण्डमा पोतिएका एमाले नेताहरुलाई बचाएर काम गर्ने विकासप्रेमी नेतालाई फसाइएको भन्दै आक्रोस व्यक्त गरे । उनका अनुसार शुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसको बहुमत छ । एमालले शुनकोशी गाउँपालिका कांग्रेसलाई कम्जोर नसोचे हुन्छ उनले भने ।




