देश

श्रीमतीको हत्या गरी पूजाकोठामा शव गाड्ने श्रीमान् पक्राउ

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा हरिराम यादव पक्राउ परेका छन्। लक्ष्मीनियाँ गाउँपालिका–५ निवासी यादवले आफ्नी २० वर्षीया श्रीमती अञ्जली यादवको हत्या गरेर घरकै पूजाकोठामा शव गाडेको आरोप लागेको हो।

घटना फागुन १७ गते भएको बताइएको छ। हत्या गरेपछि हरिराम १० महिनाकी छोरीसहित घरबाट सम्पर्कविहीन भएका थिए। हाल हरिराम पक्राउ परे पनि छोरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी अनुसन्धान अनुसार, श्रीमान–श्रीमतीबीच सम्बन्ध राम्रो थिएन। पक्राउ परेका हरिरामलाई जिल्ला अदालत धनुषामा म्याद थपका लागि प्रस्तुत गरिएको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *