काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक जना थुनुवा प्रहरीको निगरानीबाट उम्किएका छन्। अभद्र व्यवहार मुद्दामा म्याद थपका लागि ल्याइएका निशान परियार बुधबार दिउँसो १ बजे भद्रकालीतर्फ फरार भएका हुन्।
स्वयम्भू प्रहरी वृत्तबाट ल्याइएका परियारलाई हतकडी समेत नलगाइएको खुलेको छ। सीसीटीभी फुटेजमा उनी प्रहरीको बीचबाट भागिरहेको दृश्य देखिएको छ।
एक प्रहरी अधिकारीका अनुसार उनलाई म्याद थपका लागि ल्याइँदा सुरक्षा सतर्कता कमजोर थियो। अहिले परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ।




