देश

गभर्नर सिफारिस समितिको बैठक बस्दै

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्।

आज भएको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको बैठकपछि अर्थमन्त्री पौडेलले आफ्नो संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिको बैठक बोलाएका हुन् ।

बैठक अपराहन्न ४ बजे बस्ने बताइएको छ । आजको बैठकले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्ने र आजै अपराहन्न ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने भएको छ ।

गभर्नर सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेकाछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *