राजनीति

शेखर कोइरालाद्वारा हावाहुरी पीडितप्रति समवेदना, घाइतेको निःशुल्क उपचारको माग

काठमाडौं । शुक्रबार साँझ लुम्बिनी प्रदेशबाट सुरु भई पूर्वी नेपालसम्म फैलिएको तीव्र हावाहुरीले धनजनमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गहिरो दुःख व्यक्त गरेका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । ‘हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दुःखी छु,’ उनले लेखेका छन्, ‘म मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’

नेता कोइरालाले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दै विपद् व्यवस्थापनमा राज्यको तयारीलाई थप चुस्त बनाउनु पर्नेमा जोड दिएका छन् । उनले विपद्का बेला राज्यका सबै संवैधानिक र प्रशासनिक संयन्त्रहरूलाई सक्रिय पार्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *