राजनीति

डा‍‍‍.सीके राउतको आवाज : “विकासको जिम्मा स्थानीय तहलाई देऊ, केन्द्रले समन्वय मात्र गर”

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीय सरकारले विकास निर्माणका काम अब प्रदेश र स्थानीय तहलाई नै जिम्मा दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले स्थानीय तहलाई बलियो बनाउने दिशामा सरकारको बजेट केन्द्रित हुनुपर्ने सुझाव दिए।

राउतले सडकदेखि ढलानसम्मका काम संघीय सरकारले होइन, स्थानीय तहले गर्नु उपयुक्त हुने तर्क गरे। फलानोको घरदेखि ढिस्कानोको घरसम्मको ढलान संघीय सरकारको काम होइन, भन्दै उनले विकासका काम हस्तान्तरण गर्नुपर्ने माग राखे।

उनको भनाइमा, संघीय सरकारको भूमिका अब समन्वय र सहकार्यमा सीमित हुनुपर्छ। विकासको नाममा सिंहदरबारले सबै थाम्न खोज्दा काम प्रभावकारी हुन नसकेको पनि उनले उल्लेख गरे। साथै, राउतले ‘जनता आवास कार्यक्रम’प्रति पनि आलोचना गर्दै यसले विपन्न वर्गलाई अझै विस्थापित बनाएको आरोप लगाए। सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।

उनको प्रस्ताव स्थानीय स्वशासन र विकेन्द्रीकरणको माग गर्दै संघीयतामा अझ स्पष्ट कार्यविभाजनको आवश्यकता रहेको सन्देश दिन्छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *