देश

आर्यघाटतर्फ लगियो पूर्वमन्त्री नेपालको पार्थिव शरीर

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेता नेपालको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलवार दिउँसो निधन भएको हो ।

अहिले नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ ।नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *