राजनीति

सगरमाथा बेसक्याम्पतिर लागे कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा बेसक्याम्पतिर लागेका छन् । महामन्त्री शर्माले बैशाख २० गते लुक्ला पुगेर फाक्दिन, नाम्चे हुँदै सगरमाथा बेसक्याम्पको यात्रामा अगाडि बढेको जानकारी दिएका छन् ।

उनले हिमाल यात्रामा निक्लदैगर्दा आफ्नो अघिल्लो साताको कार्य विवरणसमेत सामाजिक सञ्जालमा खुलाउदै आफुलाई १० दिनका लागि राजनीतिबाट टाढा राखेका छन् ।

उनले अघिल्लो हप्ता शिक्षक आन्दोलनको माग सम्बोधन गर्न गराउन पार्टी पदाधिकारी र सरकारका सम्बन्धित मन्त्रीहरूसँग छलफलमा निरन्तर सक्रिय भएको, राज्यव्यवस्था समितिमा निजामती विधेयक छलफलमा सहभागिता जनाएको, झापा १ को आवश्यकताबारे अर्थमन्त्री र अन्य मन्त्रीहरुसँग भेटघाट र छलफल गरेको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *