राजनीति

समाजवादी मोर्चाको बैठक जारी: समसामयिक राजनीतिक विषयमा समान धारणा बनाउने

काठमाडौं ।समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ।

नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा मोर्चामा आबद्ध सबै दलका प्रमुख नेता सहभागी छन्।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सहभागी छन्।

मोर्चाले मंगलबार काठमाडौंमा वृहत् अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो। बैठकमा समसामयिक राजनीतिक विषयमाथि मोर्चाको समान धारणा बनाउने बारे छलफल केन्द्रित रहेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *