राजनीति

भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’लाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन्।

विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल लगायतको नाम उल्लेख गरिएको छ।

भीम रावलको अभियानमा सहभागी हुने नेताहरूमा चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायतका नेता छन्। उनीहरू सबै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य हुन्। यसैगरी, प्रदेश कमिटीका आर्थिक विभाग सदस्य दिपक सुनार, सल्लाहाकार सदस्यहरू हर्क कुँवर, सुशिला वोगटी र सुरत भुल, साथै अन्य सल्लाहाकार सदस्यहरूले पनि रावलको अभियानलाई समर्थन गरेका छन्।

नेकपा एमालेका सचिवालय सदस्य प्रकाश शाह, सागर सिंह बाब्ली, प्रेम खत्री, मानबहादुर गिरी, डबल ठकुल्ला र सुरेन्द्र शाही समेत पनि रावलको अभियानमा लागेका छन्।

यसैगरी, नेकपा एमालेका विभिन्न जिल्ला कमिटी सदस्यहरूले पनि पार्टी परित्याग गर्दै रावलको पक्षमा खड़ा भएका छन्। बलबहादुर कुँवर, रतन बहादुर रावल, टंक रावल, उजिर साउद, झंकर कुँवर, अम्विका खडका, हेमा नागरिक, शंकर भुल, रामप्यारी कुँवर, लाल कामी, रामबहादुर कुँवर, रामबहादुर खडका, ललित ढोली, महारुप जैशी, अम्मर विक, कमल साउद, जगत रावल र हिक्मत खडका जस्ता जिल्लास्तरीय नेताहरू रावलको समर्थनमा आएका छन्।

त्यसैगरी, सुरेन्द्र भूल, गोविन्द्र भूल, नैनसिंह कुँवर, लालबहादुर रावत, पुरनबहादुर कुवँर (एमाले जिल्ला सल्लाहाकार सदस्य) लगायतले पनि भीम रावललाई साथ दिएका छन्। नरबहादुर कुँवरले पनि एमाले पार्टी परित्याग गरेका छन्।

नेकपा एमालेका अन्य स्थानिय कमिटी सदस्यहरू जस्तै तारा साउद, नृप विक, भरत अयडी, रमेश बुढामगर, तर्कराज उपाध्याय, लालबहादुर, टंकराज रेग्मी (नेकपा एमाले रिटनीज फ्रेडरेशन जिल्ला अध्यक्ष), रंग ठकुल्ला, पुरन सेठ्ठी, प्रकाश खत्री, श्याम रावल, प्रेमराज शर्मा (वडा नं ६ साँफेवगर नपा पुर्ववडा अध्यक्ष) र ढकेन्द्र कुँवर लगायतका नेताहरू पनि रावलको अभियानमा सामेल भएका छन्।

नेता ललित नेपाली (साफेवगर नगर कमिटी उपाध्यक्ष), यदीन मियाँ (साफेवगर नगर कमिटी उपसचिव), सिता कुँवर (साफेवगर नगर कमिटी उपसचिव), विकास कुँवर (साफेवगर नगर युवासंघ अध्यक्ष) र भगवती कुँवर (अनेम संघ साफेवगर नगर अध्यक्ष) पनि रावलको अभियानमा लागेका छन्।

भीम रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले अनुशासन उल्लंघनको आरोपमा पार्टीबाट निष्कासन गरेको थियो। रावलको पक्षमा उभिएका नेताहरूले यो निर्णयलाई ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’को आलोचना गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *