राजनीति

प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज बस्दै

काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज बस्दैछ । प्रतिपक्षी दल नेताको कार्यालय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउसो दुई बजेका लागि बोलाइएको छ । त्यसपछि ३ बजे ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

बुधबार बसेको प्रतिपक्ष दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो । बैठकमा सरकारको हालसम्मको अवधिको समीक्षा गरिने समेत बताइएको छ । बुधबार छलफलमा जुटेका विपक्षी दलहरू आज पुन छलफलमा बस्न लागेका हुन् ।

संसद्को हिउँदे अधिवेशन बोलाउनुको साटो सरकारले अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानून ल्याएको भन्दै प्रतिपक्षी दल विरोधमा छन् । सरकारले संविधानको मर्म र भावनामा प्रहार गर्ने काम गरिरहेको उनीहरूको निष्कर्ष छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले हालै सिफारिस गरेका पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *