राजनीति

क्लेभर्लीसँग कोइरालाको भेट

काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा छन् । संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् ।

भेटमा कोइराला र क्लेभर्लीबीच नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता बिषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *