राजनीति

बास्कोटाको घोषणा : अब फेरी ६०-७० हान्न मन छ

काठमाडौ। पूर्व संचारमन्त्री एवं काभ्रे क्षेत्र नं. २ का सांसद् गोकुल बाँस्कोटाले काभ्रे जिल्लाको विकासका लागि अझै ६०/७० अर्ब हान्न मन भएको बताएका छन् ।

समाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै बाँस्कोटाले काभ्रेकोका केही महत्वप्ूर्ण आयोजनाहरुमा रकम निवियोजनका लागि पहल गर्न मन रहेको बताएका हुन् । उनले काभ्रेको खोपासी कामिडाँडा, साँगा बृहत खानेपानी,मदन भण्डारी विश्वविद्यालय, लिङरोड, पचासकिलो पुल, सापिङ सुनकोशी पुल, खावा खानेपानी लगायतका योजनामा आफुले गरेको पहल कदमीमा विरोधीहरुले छाती पिटेको हेर्न मन रहेको बताए ।

उनले मण्डन देउपुर, पाँचखाल, धुलिखेल र बनेपा नगरपालिकाले २०० रोपनी जग्गा निशुल्क उपलब्ध गराए राम्रो संचरचना बनाउन सकिने र त्यसका लागि धुलिखेल नगरपालिका तयार रहेको उल्लेख गरेका छन् । उनले भावी पुस्ता र युवापुस्तका लागि काम गर्न मन रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि पहल गर्न सकिने आशय व्यक्त गरेका हुन् ।

‘६०÷७० फेरि हान्न मन छ काभ्रेमा।केवल युवायुवतीका लागि । ल धित मरुन्जेल सराप मलाई र एमालेलाई आसिष नै लाग्छ।’बास्कोटाले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *