देश

शेखरले भने–नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा गुज्रिरहेको टिप्पणी गरेका छन् । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले नेपाली राजदूतावास बेलायतले आयोजना गरेको नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन् ।

उनले भने, ‘म अहिले लण्डन आइपुगेको छ, चार–पाँच दिनको मात्रै बसाइँ छ यहाँको, नेपालको राजनीतिको अवस्थाबारे धेरै जान्न तर अत्यन्त तरल अवस्थाबाट गुज्रिरहेको छ । सबैले बुझिराख्नुभएको छ ।’ इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत बेलायत पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *