देश

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस

काठमाडौं । उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबारको उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियसमा पुगेको जनाएको छ । यसअघि शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सिसय थियो भने शुक्रबार ५.७ डिग्री सेल्सियस थियो ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम बिहान ८ः ४५ तथा अधिकतम साँझ ५स्४५ बजे मापन गरिन्छ।

मौसम महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रम जनकपुरमा १२.५ डिग्री सेल्सियस तथा सबैभन्दा कम जुम्लामा माइनस ३.१ डिग्री सेल्सियस छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *