काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले इसेवा, खल्तिजस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सचेत हुन आग्रह गरेको छ ।
शुक्रबार ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले एक विज्ञप्ती जारी गर्दै यस्तो सुचना दिएका हुन् । ब्युरोले जारी गरेको ७ बुँदे ब्रिफिङसहितको वक्तव्यमा सर्वसाधारणलाई कसरी मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोग गर्ने भन्नेमा समेत सचेतना दिइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमोलगायत प्लेटफर्मबाट बोलेको भन्दै अपरिचित नम्बरबाट मेसेज वा कल गरी ठगी गर्ने कार्य बढेकाले ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको हो ।





