देश

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार अपराह्न ४ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *